मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बेलायती महारानी र अमेरिकी राष्ट्रपतिबीच जुन १३ मा भेटवार्ता तय

बेलायती महारानी र अमेरिकी राष्ट्रपतिबीच जुन १३ मा भेटवार्ता तय

अमेरिकी राष्ट्रपति जो वाइडेनले बेलायतकी महारानी एलिजावेथ द्वितीयलाई भेट्ने भएका छन्।
 |  बिहीबार, जेठ २०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २०, २०७८

लन्डन्- अमेरिकी राष्ट्रपति जो वाइडेनले बेलायतकी महारानी एलिजावेथ द्वितीयलाई भेट्ने भएका छन्। उनीहरूबीच आगामी जुन १३ मा बकिङ्घम प्यालेसमा भेटवार्ता हुने तय भएको अधिकारीहरुले जनाएका छन्। 

बेलायती राजदरबारले सामाजिक सञ्जाल ट्वीटरमा लेखेको छ, ‘महारानी एलिजावेथले अमेरिकी राष्ट्रपति जो वाइडेनलाई भेट गर्नुहुने भएको छ। भेटका क्रममा अमेरिकी प्रथम महिला जिल वाइडेन समेत सहभागी हुनुहुने छ।’

अमेरिकी राष्ट्रपति वाइडेन केही हप्तापछि हुने जी-७ को सम्मेलनमा सहभागी हुन बेलायत जाने कार्यक्रम छ। सोही अवसरमा उनले बेलायती महारानीलाई भेट्ने भएका हुन्।

राष्ट्रपतिमा निर्वाचित भएपछि वाइेडन दम्पत्तिको यो पहिले विदेश भ्रमण हुने राष्ट्रपति कार्यालयका अधिकारीहरूले जानकारी दिएका छन्।   

विश्व राजनीति र अर्थतन्त्रमा निकै महत्वपूर्ण मानिने जी–७ को सम्मेलन यही जुन ११ देखि १३ सम्म हुने तय भएको छ।सम्मेलनमा अन्य देशका पनि शीर्ष नेताहरु सहभागी हुने सुनिश्चित भइसकेको सम्मेलनका व्यवस्थापकहरुले जनाएका छन्।

प्रकाशित: Jun 03, 2021| 14:33 बिहीबार, जेठ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।