मंगलबार, भदौ ९, २०८३

प्रहरीले खोज्यो १० हजारभन्दा बढी अक्सिजन सिलिण्डर

वैशाख अन्तिम सातादेखि सिलिण्डर संकलन अभियान प्रहरीले आजसम्म १० हजार बढी सिलिण्डर सङकलन गरिसकेकाे प्रहरी प्रधान कार्यालयले जनाएको छ।
 |  बिहीबार, जेठ २०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २०, २०७८

काठमाडौं- नेपाल प्रहरीले अनावश्यक क्षेत्रमा प्रयोग भएका अक्सिजन सिलिण्डरको खोजी जारी राखेको छ।

मुलुकमा कोभिड–१९ संक्रमणका कारण अक्सिजन र त्यसको सिलिण्डरको अभाव भएपछि प्रहरीले गत वैशाख अन्तिम सातादेखि सिलिण्डर संकलन अभियान थालेको थियो।

आजसम्म १० हजार बढी सिलिण्डर सङकलन भइसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। पछिल्लो समयमा भने कोराना संक्रमितको संख्या पनि घट्दो क्रममा रहेको र उत्पादनसमेत बढ्न थालेकाले अक्सिजनको अभाव हुन छाडेको छ। 

प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा ७८ वटा भरेको अक्सिजन सिलिन्डर संकलन गरिएको छ। संकलन गरिएका सबै सिलिन्डर आजै कोभिड अस्पताललाई उपलब्ध गराइएको छ। आवश्यकताभन्दा बढी अक्सिजन सिलिन्डर होल्ड गर्ने व्यक्ति, विभिन्न संघसंस्था तथा स्वास्थ्य प्रयोजनबाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदामहरूमा स्टक गरी राखेका अक्सिजन सिलिन्डर संकलन गरी उपलब्ध गराइएको हो।

नेपाल प्रहरीको सक्रियतामा गत वैशाख २६ गतेदेखि हालसम्म १० हजार ६३० सिलिन्डर संकलन गरी कोभिड अस्पताल, स्वास्थ्य कार्यालय र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए।

यस विषम परिस्थितिमा अन्य प्रयोजनका लागि स्टक नगर्न तथा विभिन्न कम्पनी, संघसंस्था तथा व्यक्तिहरूसँग आवश्यकताभन्दा बढी सिलिन्डर छन् भने त्यस्ता सिलिन्डरहरू उपलब्ध गराई सहयोग गर्न नेपाल प्रहरीले अनुरोधसमेत गरेको छ। रासस

प्रकाशित: Jun 03, 2021| 14:27 बिहीबार, जेठ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।