मंगलबार, भदौ ९, २०८३

शुक्रबार पनि बस्दै नेपाल पक्षको भर्चुअल बैठक

बिहीबार करिब ७ घण्टा बैठक बसेको थियो। ओली पक्षसँग वार्ता गरेका नेताहरूलाई बैठकलाई ब्रिफिङ गरेका थिए। उनीहरूले ओली पक्षले आफूहरूलाई अल्मल्याउने नियतले मात्र वार्ता गरेको ब्रिफिङ गरेका थिए। 
 |  बिहीबार, जेठ २०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २०, २०७८

काठमाडौं- सत्तारुढ नेकपा (एमाले)का माधवकुमार नेपाल समूहको बिहीबार बसेको केन्द्रीय समितिको भर्चुअल बैठक शुक्रबार पनि बस्ने भएको छ। बिहीबार बैठक नसकिएपछि शुक्रबार पनि बैठक बस्ने भएको नेपाल पक्षका एक केन्द्रीय सदस्यले जानकारी दिए।  

बिहीबार करिब ७ घण्टा बैठक बसेको थियो। ओली पक्षसँग वार्ता गरेका नेताहरूलाई बैठकलाई ब्रिफिङ गरेका थिए। उनीहरूले ओली पक्षले आफूहरूलाई अल्मल्याउने नियतले मात्र वार्ता गरेको ब्रिफिङ गरेका थिए। 

बैठमा केन्द्रीय सदस्यहरूले धारणा राख्न क्रम जारी छ। ओली पक्ष २०७५ जेठ ३ मा फर्कन तयार नभए पार्टी पुनर्गठन गरेर अघि बढ्नुपर्ने अधिकांश केन्द्रीय सदस्यहरूले धारणाका राखेका थिए। 

बैठक शुक्रबार ११ बजेका लागि बोलाइएको छ। 

प्रकाशित: Jun 03, 2021| 13:01 बिहीबार, जेठ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।