काठमाडौं- सरकारले निषेध आदेश लागू भएको अवधिभर विभिन्न दैनिक उपभोग्य वस्तुमा २० प्रतिशत छुट दिने भएको छ। सरकारी संस्थानमार्फत् खरिद गरिने दैनिक उपभोग्य वस्तुमा उपभोक्तालाई २० छुट दिने व्यवस्था गरिएको हो।
सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिंग कर्पोरेसन लिमिटेडले बिहीबार सूचना जारी गर्दै बजेटमार्फत गरिएको घोषणा कार्यान्वयनमा आउने जानकारी गराएका हुन्।
यी दुवै कम्पनीबाट बिक्री हुने चामल, सिमी, पिठो, दाल, नुन, भटमासको तेल, चिनी र खाना पकाउने ग्यासमा २० प्रतिशत छुट दिने व्यवस्था मिलाइएको’ उल्लेख गरिएको छ। सोही अनुसार सरकारी पसल सञ्चालन रहेका ठाउँबाट दैनिक उपभोग्य वस्तुमा २० प्रतिशत छुट दिइने सूचनामा उल्लेख गरिएको छ।

