मंगलबार, भदौ ९, २०८३

मोरङको कर्सियामा आगलागी हुँदा ७० लाख बराबरको क्षति 

मोरङको धनपालथानस्थित कर्सिया बजारमा एक फर्निचर उद्योग र होटलमा आगलागी भएको छ।
 |  बिहीबार, जेठ २०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २०, २०७८

विराटनगर- मोरङको धनपालथानस्थित कर्सिया बजारमा एक फर्निचर उद्योग र होटलमा आगलागी भएको छ।

बिहीबार फर्निचर उद्योगबाट सुरु भएको आगोले जलेर उद्योगसहित छेउमा रहेको एउटा होटल ध्वस्त भएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार धनपालथान गाउँपालिका–४ स्थित कर्सिया बजारमा फर्निचर उद्योगबाट आगलागी सुरु भएको थियो। उद्योगबाट सुरु भएको आगोले नजिकै रहेको होटलमा पनि पूर्ण रुपमा क्षति पुगेको उनको भनाइ छ।

फर्निचर उद्योगका सञ्चालक रंगेली नगरपालिका-२ मंगलबारेका राजेन्द्र शर्मा हुन्। होटल रंगेली–२ कै बद्रीकुमार कार्कीको हो। शर्माको फर्निचर उद्योगबाट सुरु भएको आगोले कार्कीको होटलसमेत जल्दा ७० लाख बराबरको क्षति भएको प्रहरीको अनुमान छ।

आगोले फर्निचर उद्योगमा ६० लाख बराबरको र होटलमा १० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ। कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि लगाइएको निषेध आदेशका कारण उद्योग र होटल दुवै बन्द थिए।

बाहिरैबाट बन्द गरिएको अवस्थामा विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने डीएसपी राईको भनाइ छ। आगो नियन्त्रणमा लिन दुई घण्टाभन्दा बढी समय लागेको प्रहरीले बताएको छ। 

प्रकाशित: Jun 03, 2021| 10:39 बिहीबार, जेठ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।