मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपालमा नयाँ भेरियन्ट देखिएको भन्ने 'डेली मेल'को समाचार भ्रामक : स्वास्थ्य मन्त्रालय

नेपालमा नयाँ भेरियन्ट देखिएको भन्ने 'डेली मेल'को समाचार भ्रामक : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखा परेकाे भन्ने समाचार भ्रामक रहेको जनाएको छ।
 |  बिहीबार, जेठ २०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २०, २०७८

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखा परेकाे भन्ने समाचार भ्रामक रहेको जनाएको छ। बेलायती पत्रिका ‘डेली मेल’ ले बिहीबार ‘हाम्रो बिदालाई नेपाल भेरियन्टको खतरा’ भन्दै समाचार प्रकाशित गरेको थियो। 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले नेपाल समयसँग भने, 'नेपालमा अल्फा (बी.१.१.७), डेल्टा (बी.१.७१२.२) र काप्पा (बी.१.६१७.१) मात्र देखिएको छ। डेली मेलमा प्रकाशित समाचार भ्रामक हो। विश्व स्वास्थ्य संगठन (डब्ल्यूचओ) ले पनि त्यही भनेको छ।’

पाैडेलले यसबारे बेलायती अखबारमा प्रकाशित समाचारको आधिकारिक धारणा मागिने बताए। मन्त्रालयले यसको खण्डन गर्दै केही बेरमा आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ।डब्ल्यूएचओले पनि नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि नभएको जनाएको छ। ‘डेली मेल’मा प्रकाशित समाचारपछि डब्ल्यूएचओले ट्विट गर्दै नेपालमा कुनै नयाँ भेरिएन्ट नभएको जनाएको हो। 

डब्लूएचओ नेपाल कार्यालयले ट्विटमा लेखेको छ, ‘नेपालमा सार्स–कोभ–२ को नयाँ भेरियन्ट फेला परेको भन्ने कुरामा विश्व स्वास्थ्य संगठन अवगत छैन। नेपालमा रहेका भेरियन्टहरु अल्फा (बी.१.१.७), डेल्टा (बी.१.६१७.२) र काप्पा (बी.१.६१७.१) हुन्। यी तीनमध्ये नेपालमा हाल सक्रिय रहेको भेरियन्ट डेल्टा (बी.१.६१७.२) हो।’

प्रकाशित: Jun 03, 2021| 10:09 बिहीबार, जेठ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।