मंगलबार, असोज १३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • निषेध आदेशमा राजस्वको लक्ष्य पूरा गर्न फेरि निजी क्षेत्रसँग गुहार

निषेध आदेशमा राजस्वको लक्ष्य पूरा गर्न फेरि निजी क्षेत्रसँग गुहार

अर्थसचिव शिशिर कुमार ढुंगानाले गत वर्ष जस्तै यो आर्थिक वर्षको अन्तमा पनि आफूले सहयोग माग्ने र निजी क्षेत्रले सहयोग गर्ने अपेक्षा रहेको बताए। 
 |  बिहीबार, जेठ २०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २०, २०७८

काठमाडौं- सरकारले राजस्वको लक्ष्य पुर्‍याउन फेरि पनि निजी क्षेत्र गुहार्ने भएको छ।

बिहीबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) तथा उद्योग वाणिज्य महासंघ मोरङले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थसचिव शिशिर कुमार ढुंगानाले गत वर्ष जस्तै यो आर्थिक वर्षको अन्तमा पनि आफूले सहयोग माग्ने र निजी क्षेत्रले सहयोग गर्ने अपेक्षा रहेको बताए। 

गत वर्षझै यसपाली पनि निजी क्षेत्रको सहयोग माग्ने समय आइरहेको छ, उनले भने, ‘आशा छ तपाइँहरुले सहयोग गर्नुहुन्छ।’
कोरोनाका कारण गत आर्थिक वर्षको अन्तमा राजस्वको लक्ष्य पुगेको थिएन। सरकारले कोरोना प्रभावित उद्योग तथा व्यवसायीहरुलाई कर बुझाउने समय थपेको थियो। 

तर राजस्व नउठेपछि चालू खर्चका लागि नै पनि समस्या परेपछि अर्थसचिव शिशिर कुमार ढुंगानाले निजी क्षेत्रका व्यापारी तथा व्यवसायीहरुलाई व्यक्तिगत रुपमै फोन गरी राजस्व तिर्न आग्रह गरेका थिए। 

राजस्व तिर्ने बाध्यात्मक अवस्था नभए पनि अर्थसचिवको आग्रहमा उद्योग व्यवसायीहरुले राजस्व तिरेका थिए। साथै उद्योग वाणिज्य महासंघले राजस्व समयमै तिरेर सरकारलाई सहयोग गर्न सार्वजनिक रुपमै आग्रह गरेको थियो। 

त्यस्तै चालू आर्थिक वर्ष सकिन अब एक महिनामा मात्र बाँकी रहेको छ। अर्थसचिव ढुंगानाले विभिन्न कार्यक्रमहरुमा खुलेआम नै सरकारलाई परेको बेलामा निजी क्षेत्रले सहयोग गरेमा सरकारले पनि निजी क्षेत्रलाई सहयोग गर्ने बचनबद्धता बारम्बार दोहोर्‍याई रहेका छन्।

प्रकाशित: Jun 03, 2021| 09:40 बिहीबार, जेठ २०, २०७८
प्रतिक्रिया दिनुहोस्