मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंको गोकर्णेश्वरमा कुटपिट गरी हत्या, अभियुक्त पक्राउ

काठमाडौंको गोकर्णेश्वरमा कुटपिट गरी हत्या, अभियुक्त पक्राउ

गोकर्णेश्‍वर नगरपालिका-८ बाग्मती करिडोर सडकमा खोटाङ घर बताउने २५ वर्षीय सुनील राईले कुटपिट गर्दा राजु गम्भीर घाइते भएका थिए।
 |  बिहीबार, जेठ २०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २०, २०७८

काठमाडौं- गोकर्णेश्वर नगरपालिका-८ माकलबारीमा कुटपिट गरी हत्या भएको छ। सोही नगरपालिका-१ सुन्दरीजल घर भएका ४२ वर्षीय राजु परियारको कुटपिटबाट बुधबार साँझ मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। 

गोकर्णेश्‍वर नगरपालिका-८ बाग्मती करिडोर सडकमा खोटाङ घर बताउने २५ वर्षीय सुनील राईले कुटपिट गर्दा राजु गम्भीर घाइते भएका थिए।

प्रहरी बिट माकलवारी र महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले घाइतेलाई उपचारको लागि शंखरापुर अस्पताल नारायणटार पठाएकोमा उनको उपचारको क्रममा बुधबार नै मृत्यु भएको हो। 

कुटपिटमा संलग्न सुनीललाई नियन्त्रणमा लिएको छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

प्रकाशित: Jun 03, 2021| 08:49 बिहीबार, जेठ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।