काठमाडौं– एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ। बिहीबार अपराह्न ४ बजेका लागि डाकिएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। यसअघि बुधबार डाकिएको बैठक पनि स्थगित भएको थियो।
मंगलबार बसेको स्थायी कमिटी बैठकले पार्टी एकताका लागि अन्तिमसम्म प्रयास गर्ने निर्णय गरेको थियो। एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ जना सांसदलाई साधारण सदस्यसमेत नरहनेगरी निष्काशन गरिसकिएको छ। भने थप १२ जना सांसदलाई स्पष्टीकरण सोधिएको छ।
