शनिबार, मंसिर १३, २०८२
  • गृहपृष्ठ
  • समाज
  • गण्डकीका जनमोर्चा सांसद कृष्ण थापा संसद् सदस्यबाट निष्कासित

गण्डकीका जनमोर्चा सांसद कृष्ण थापा संसद् सदस्यबाट निष्कासित

राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका सांसद कृष्ण थापा निष्कासित भएका छन्।
 |  बिहीबार, जेठ २०, २०७८

विभु भुसाल

विभु भुसाल

बिहीबार, जेठ २०, २०७८

National life
Laxmi sunrise bank
kumari

पोखरा– राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका सांसद कृष्ण थापा निष्कासित भएका छन्। उनलाई पार्टीले यसअघि नै कारबाही गरिसकेको थियो। राजनीतिक दलसम्बन्धी ऐनअनुसार पार्टीको सदस्यसमेत नरहेको अवस्थामा उनको पद गएको हो। प्रदेश सभाको बिहीबारको बैठकमा सभामुख नेत्रनाथ अधिकारीले थापाको संसद् पद नरहेको जानकारी गराएका हुन्। 

थापालाई कारबाही गरिएको पत्र जनमोर्चाकी प्रमुख सचेतक पियारी थापाले संसद सचिवालयमा दर्ता गराएकी थिइन्। गण्डकी प्रदेशमा नेपाली कांग्रेस गठबन्धनको सरकारको पक्षमा हस्ताक्षर गर्न नमानेको भन्दै पार्टीले थापालाई स्पष्टीकरण सोधेको थियो। तर थापाले स्पष्टीकरण दिएका थिएनन्। 

वैशाख १० गते पार्टी केन्द्रसँग र १२ गते संसदीय दलमा भएको निर्णयविपरीत काम गरेको आरोपमा उनलाई हटाइएको हो। 

प्रकाशित: Jun 03, 2021| 07:51 बिहीबार, जेठ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।