मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्णालीमा कांग्रेस पनि सरकारमा सहभागी हुने, मन्त्रीको चर्चामा को-को छन्?

कर्णालीमा कांग्रेस पनि सरकारमा सहभागी हुने, मन्त्रीको चर्चामा को-को छन्?

कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेस पनि सहमागी हुने भएको छ।
 |  बिहीबार, जेठ २०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २०, २०७८

सुर्खेत- कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेस पनि सहमागी हुने भएको छ। आज साँझसम्म सरकारमा जाने मन्त्रीहरू टुङ्गाउने र शुक्रबार सपथ लिने गरी तयारी भइरहेको कांग्रेसले जनाएको छ। ‘कांग्रेस सरकारमा जाने कुरा पक्का हो,’ कांग्रेस सांसद दिनबन्दु श्रेष्ठले भने, ‘सरकारमा क-कसलाई पठाउने भनेर छलफल भइरहेको छ।’

साँझसम्म सरकारमा जाने मन्त्रीको नाम टुङ्गो लाग्ने श्रेष्ठले बताए। ‘सरकारमा जानेहरूको नाम साँझसम्म टुङ्गो लाग्छ,’ उनले भने, ‘भोलि सपथ हुनसक्छ।’ सामाजिक विकास मन्त्रालय र जलस्रोत तथा ऊर्जा मन्त्रालय लिने गरी कांग्रेस सरकारमा जान लागेको हो। जसमध्ये सामाजिक विकास मन्त्रालयमा सुर्खेतका यज्ञबहादुर विसी र जलस्रोत तथा ऊर्जा मन्त्रालयमा जुम्लाका दिनबन्दु श्रेष्ठ मन्त्री बन्ने चर्चा भएको छ। 

विसी सभापति शेरबहादुर देउवा निकट हुन् भने श्रेष्ठ बरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिन्छन्। श्रेष्ठ हाल सार्वजनिक लेखा समितिको अध्यक्षसमेत हुन्। यही कारण देउवा पक्षले श्रेष्ठलाई रोक्ने प्रयासमा छ। प्रदेशसभामा कांग्रेसका ६ सांसद छन्। ती मध्ये श्रेष्ठ मात्रै पौडेल निकट हुन्। यही कारण श्रेष्ठलाई जसरी पनि मन्त्री बनाउनुपर्ने पौडेल पक्षको दवाव छ। 

पार्टी भित्रको संघर्ष र राष्ट्रिय सत्ता समिकरणकै कारण कांग्रेस सरकारमा जान ढिलाई भएको हो।

श्रेष्ठलाई मन्त्री बनाएर सांसद हिमबहादुर शाहीलाई लेखा समितिको सभापति बनाउन पौडेल पक्षको प्रस्ताव छ। कांग्रेस संसदीय दलका सचेकसमेत रहेका शाही मन्त्रीका दावेदार हुन्। बैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएको कांग्रेस दुई महिना पुग्न लाग्दा पनि सरकारमा सहभागी भएको छैन। 

पार्टी भित्रको संघर्ष र राष्ट्रिय सत्ता समिकरणकै कारण कांग्रेस सरकारमा जान ढिलाई भएको हो। यसअघिको भन्द्र सहमति अनुसार कांग्रेसले सामाजिक विकास मन्त्रालय मात्रै लिन सहमत भएको थियो। तर, पार्टी भित्रको अन्तरसंघर्ष र सरकारले मन्त्रालय थप गरेपछि कांग्रेसले दुई वटा मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएको छ।

कांग्रेस सरकारमा जानुअघि आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुद मन्त्रालयमा गाभिएको युवा तथा खेलकुद क्षेत्रलाई सामाजिक मन्त्रालयमै फिर्ता ल्याउन आग्रह गरेको छ। यसअघि सामाजिक विकास मन्त्रालयमै रहेको युवा तथा खेलकुद् क्षेत्रलाई बैशाख २९ गते सरकारले आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा गाभेको थियो। 

आफ्नो भागमा परेको मन्त्रालय टुक्राएपछि कांग्रेस असन्तुष्ट बनेको थियो। युवा तथा खेलकुद सामाजिक विकास मन्त्रालयमै फिर्ता भए आजै नभए भोलिसम्म कांग्रेस सरकारमा सहभागी हुने छ। 

आज साँझ बस्ने मन्त्रिपरिषद् बैठकले मन्त्रालयको कार्यविभाजन हेरफेर गर्ने मुख्यमन्त्री निकट स्रोतले जनाएको छ। कांग्रेसलाई सरकारमा सहभागी गराएर बजेट अधिवेशन बोलाउने सरकारको तयारी छ। कर्णाली प्रदेश सरकारमा हाल मुख्यमन्त्रीसहित माओवादी केन्द्रबाट ३ जना र एमालेबाट फ्लोरक्रस गरेर ३ जना सहभागी छन्।

प्रकाशित: Jun 03, 2021| 07:42 बिहीबार, जेठ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।