मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • महामारी नियन्त्रणका लागि आफ्नै संकल्प र बाहिरी सहयोग चाहिन्छ : पूर्वराजा ज्ञानेन्द्र

महामारी नियन्त्रणका लागि आफ्नै संकल्प र बाहिरी सहयोग चाहिन्छ : पूर्वराजा ज्ञानेन्द्र

‘हाम्रो स्वास्थ्यबारे चिन्ता र चासोका साथ शुभकामना दिनुहुने देशभित्र र बाहिर रहनुहुने सवै नेपालीहरुमा आभार व्यक्त गर्दछौं।’
 |  बिहीबार, जेठ २०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २०, २०७८

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले महामारी नियन्त्रणका लागि आफ्नै संकल्प र बाहिरी सहयोग आवश्यक रहेको बताएका छन्।पूर्वराजारानीले कोरोना भाइरससँगको लडाइँ जितसँगै एक सन्देश जारी गर्दै सन्देश जारी गर्दै आफूहरु अस्वस्थ्य रहेको समयमा शुभकामना दिने सबैप्रति आभार पनि व्यक्त गरेका छन्। 

भिडियो सन्देशमा शाहले भनेका छन्, ‘हाम्रो स्वास्थ्यबारे चिन्ता र चासोका साथ शुभकामना दिनुहुने देशभित्र र बाहिर रहनुहुने सवै नेपालीहरुमा आभार व्यक्त गर्दछौं।’ उनले महामारीमा दिनरात आफ्नो दायित्व र मानवीय कार्य गर्ने सबै अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी तथा सामाजिक कार्यकर्तामा धन्यवाद दिएका छन्।

उनले भनेका छन्, ‘अहिले हामी पूर्ण स्वास्थ्यलाभका क्रममा छौं तर देशभित्र र बाहिरको महामारीको अवस्थाप्रति हामी चिन्तित छौं। यसलाई नियन्त्रण गर्नका लागि हाम्रो आफ्नै संकल्प र बाहिरी सहयोग आवश्यकता पर्दछ।’ उनले प्राप्त अन्तर्राष्ट्रिय सहयोगका लागि पनि धन्यवाद दिएका छन्।

पूर्वराजाले भनेका छन्, ‘म सबैलाई सुरक्षित, सावधान र स्वस्थ रहन आग्रह गर्दछु। उपचारका क्रममा रहेका सबै नेपालीको शीघ्र स्वास्थ्यलाभको कामना साथसाथै महामारीका क्रममा जीवन गुमाउनुहुने सबैमा चिर शान्तिको कामना गर्दछु।’

 

प्रकाशित: Jun 03, 2021| 07:35 बिहीबार, जेठ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।