काठमाडौं- नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा चार सयले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य चार सयले बढेर तोलाको ९४ हजार ९ सय रुपैयाँ पुगेको छ। बुधबार सुनको मूल्य तोलाको ९४ हजार ५ सय रुपैयाँ थियो।
यस्तै, आज चाँदीको मूल्य पनि १५ रुपैयाँले तोलाको १३ सय ७५ रुपैयाँ पुगेको छ।