काठमाडौं- नेकपा एमालेको माधव नेपाल झलनाथ समुहको केन्द्रीय कमिटी बैठक सुरु भएको छ। भरखरै भर्चुअल माध्यममा बैठक सुरु भएको एक केन्द्रीय कमिटी सदस्यले जानकारी दिए।
बैठकमा एकताका लागि अनौपचारिक रूपमा भइरहेका वार्ताको समिक्षा र आगामी रणनीतिका बारेमा छ्लफल हुने छ। एमालेको सस्थापन पक्षले अनधिकृत रूपमा बैठक राखिएको भन्दै केन्द्रीय कमिटीका सदस्यलाई सहभागी नहुन उर्दि जारी गरेको थियो।
