मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्वास्थ्यकर्मी हुँ भन्दा पनि प्रहरीले मलाई निर्मम कुटिरहे...

स्वास्थ्यकर्मी हुँ भन्दा पनि प्रहरीले मलाई निर्मम कुटिरहे...

मैले स्वास्थ्यकर्मी हुँ भन्न नपाउँदै कुटपिट सुरु भएकाे थियो। घाँटीमा कार्डमा झुन्ड्याएकाे थिएँ।  उनीहरूले मेराे कुरै सुनेनन्। एकाेहाेराे हिर्काइरहे। 
 |  बिहीबार, जेठ २०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २०, २०७८

म कोसी अस्पतालमा कार्यरत सिनिएर अहेव हुँ। 'ओटी टेक्निसिएन' का रुपमा कार्यरत छु। मंगलबार राति ९:३० बजे ड्युटी सकेर बाइकमा घर फर्किरहेको थिएँ। देवकोटा चोकमा पुग्नै लाग्दा परैबाट सडकमा बसेका प्रहरीले लौरो देखाउँदै रोक्ने इसारा गरे। रात सुनसान थियो। मैले प्रहरी नजिकै पुगेर बाइक रोकें। रोक्न नपाउँदै मेरो बायाँ खुट्टामा एक प्रहरी कर्मचारीले लौरो बजारे।

अनि थप दुई जना प्रहरीले दुवै खुट्टामा प्रहार गरिरहे। मैले स्वास्थ्यकर्मी हुँ भन्न नपाउँदै कुटपिट सुरु भएकाे थियो। घाँटीमा कार्डमा झुन्ड्याएकाे थिएँ।  उनीहरूले मेराे कुरै सुनेनन्। एकाेहाेराे हिर्काइरहे। 

एक जना महिला सुरक्षाकर्मीले उहाँ स्वास्थ्यकर्मी हो नकुट्नुस् भन्दा पनि मानेनन्। त्यसपछि झन् कुटे। ढाडमा धेरै चोट लाग्यो। पेट, घुँडा, खुट्टामा पनि चोट लागेको छ।

एक जना महिला सुरक्षाकर्मीले उहाँ स्वास्थ्यकर्मी हो नकुट्नुस् भन्दा पनि मानेनन्। त्यसपछि झन् कुटे। ढाडमा धेरै चोट लाग्यो। पेट, घुँडा, खुट्टामा पनि चोट लागेको छ।

केहीबेरमा उनीहरुले छाडिदिए। मलाई निकै पीडा भइरहेकाे थियाे।  सहकर्मी डा. रुपेश गामीलाई फोन गरें। आफूमाथि भएको घटना बताएँ। उहाँले अस्पतालमा बोलाउनुभयो। त्यहीँबाट सकीनसकी कोसी अस्पताल फर्केर गएँ। फर्किंदा फेरि कुटाइ खाने डरले अर्कै बाटो प्रयोग गरेर अस्पताल पुगेकाे थिएँ। औषधि गरेर घर फर्किए। तीन दिन भइसक्दा पनि अस्पताल जान सकेको छैन। आराम गरिरहेको छु।

घटनालगत्तै सबै सहकर्मी जम्मा भएर ममाथि प्रहार गएको ठाउँमा जानुभयो। तर, त्यहाँबाट प्रहरी अन्तै गइसकेका थिए। अस्पतालका मेसु चुमन लालदाससँग कुरा भयो। उहाँले विराटनगरका मेयर भीम पराजुली, सुरक्षा निकायका पदाधिकारीसँग कुरा गर्नुभयो। बुझ्दै जाँदा ममाथि लाठी प्रहार गर्ने प्रहरीमध्ये बुधबार एक जनाको नाम थाहा पाएँ। उनकाे नाम उमेश विक र पद  प्रहरी हवल्दार रहेछ।

हामीले दोषीमाथि कारबाहीको माग गरेका छौं। स्थानीय प्रशासनले छानबिन समिति गठन गरेको छ। समितिले दोषीलाई कारबाही गर्नेमा हामी विश्वस्त छौं। दोषी कुनै हालतमा उम्किन पाउनु हुँदैन भन्ने हाम्रो माग छ।

यस्ता घटनाले हाम्रो मनोबल गिराउने काम गरिरहेको छ। दोषीलाई चाँडै कडाभन्दा कडा कारबाही होस् भन्ने मेरो चाहना छ। प्रहरी सबैको सुरक्षाका लागि खटिने व्यक्ति हुन्। कुरा नै नसुनी लाठी प्रहार गर्नु एकदमै गलत कार्य हो। यसको जति निन्दा गरे पनि कमै हुन्छ।

स्वास्थ्यकर्मीले कुटाइ खाएको यो पहिलो घटना होइन। कहिले बिरामीका आफन्त त कहिले सुरक्षा निकायबाट हामी पीडित हुँदै आएका छाैं। यस्ता घटनाले हाम्रो मनोबल गिराउने काम गरिरहेको छ। दोषीलाई चाँडै कडाभन्दा कडा कारबाही होस् भन्ने मेरो चाहना छ। प्रहरी सबैको सुरक्षाका लागि खटिने व्यक्ति हुन्। कुरा नै नसुनी लाठी प्रहार गर्नु एकदमै गलत कार्य हो। यसको जति निन्दा गरे पनि कमै हुन्छ।

यो घटनाले मलाई निकै मर्माहत तुल्याएको छ। मानिसले गल्ती गर्दा प्रहरीले कानुनी दायरामा ल्याउनुपर्छ। बाटोमा ठूलै अपराधीमाथि आक्रमण गरेजस्तो गर्नु हुँदैन। र, त्यो अधिकार प्रहरीलाई छैन पनि।

ममाथि कुटिएपछि विराटनगरमा चिकित्सक र स्वास्थ्यकर्मीले प्रदर्शन गरेका छन्। बुधबार अस्पताल परिसरमा प्लेकार्डसहित सहकर्मीहरू विराेधमा उत्रिनुभएको थियो। यस्ता घटनाले उहाँहरूमा पनि त्रास छाएको छ।

(अहेव अशोककुमार राजवंशीसँग नेपाल समयले गरेको कुराकानीमा आधारित।)

प्रकाशित: Jun 03, 2021| 04:44 बिहीबार, जेठ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।