मंगलबार, भदौ ९, २०८३

युएईद्वारा नेपाललाई १५० भेन्टिलेटर हस्तान्तरण

संयुक्त अरब इमिरेटस् (युएई)ले नेपाललाई १५० थान भेन्टेलेटर सेटसहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।
 |  बिहीबार, जेठ २०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २०, २०७८

काठमाडौं- संयुक्त अरब इमिरेटस् (युएई)ले नेपाललाई १५० थान भेन्टेलेटर सेटसहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। युएई दूतावासका डेपुटी मिसन प्रमुख इब्राहिम अल मुहाइरीले बुधबार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधिलाई ती सामग्री हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। 

'युएईबाट नेपालले १५० भेन्टिलेटरका साथै १५० ट्रली, ३ लाख १८ हजार ६ सय थान मास्क, ९ हजार थान व्यक्तिगत सुरक्षा कवच, १५ हजार थान गाउन, र २० हजार थान गगल्स प्राप्त गरेको छ,' मन्त्रालयले ट्विटमा लेखेको छ।

नेपालको महामारी नियन्त्रण प्रयासलाई युएई सरकारले सहयोग गरेको भन्दै परराष्ट्र मन्त्रालयले धन्यवाद ज्ञापन गरेको छ।

प्रकाशित: Jun 03, 2021| 04:29 बिहीबार, जेठ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।