मंगलबार, भदौ ९, २०८३

एमाले स्थायी कमिटी बैठक बस्दै

नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दैछ। आन्तरिक कारण बुधबार स्थगित भएको बैठक अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको एमाले कार्यालय सचिव शेरबहादुर तामागंले जानकारी दिए। 
 |  बिहीबार, जेठ २०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २०, २०७८

काठमाडौं- नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दैछ। आन्तरिक कारण बुधबार स्थगित भएको बैठक अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको एमाले कार्यालय सचिव शेरबहादुर तामागंले जानकारी दिए। 

आजको बैठकमा पार्टीलाई फुट्नबाट जोगाउने विषयमा छलफल हुने जनाइएको छ। यसबीचमा दोस्रो तहका नेताहरुबीच अनौपचारिक छलफल भइरहेको थियो। उक्त छलफलमा भएको विषयमा पनि बैठकमा गृहकार्य गरेर थप रणनीति बनाइने बताइएको छ। 

मंगलबार बसेको स्थायी कमिटी बैठकले एकताका लागि अन्तिमसम्म प्रयास गर्ने निर्णय गरेको थियो। एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ जना सांसदलाई साधारण सदस्यसमेत नरहनेगरी निष्काशन गरिसकिएको छ। भने थप १२ जना सांसदलाई स्पष्टीकरण सोधिएको छ। त्यस बारेमा थप निर्णय भने स्थायी कमिटी बैठकले गरेको छैन।

प्रकाशित: Jun 03, 2021| 04:25 बिहीबार, जेठ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।