मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • माधव-झलनाथ पक्षले बोलाएको बैठकलाई ओली पक्षले भन्यो अनधिकृत

माधव-झलनाथ पक्षले बोलाएको बैठकलाई ओली पक्षले भन्यो अनधिकृत

नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले दिउसो ११ बजे पार्टी केन्द्रीय कमिटी बैठक बोलाएको छ। भर्चुअल माध्यमबाट बस्ने भनिएको बैठकलाई ओली पक्षले अनधिकृत कार्य भन्दै आपत्ति जनाएको छ।
 |  बिहीबार, जेठ २०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २०, २०७८

काठमाडौं- नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले दिउसो ११ बजे पार्टी केन्द्रीय कमिटी बैठक बोलाएको छ। भर्चुअल माध्यमबाट बस्ने भनिएको बैठकलाई ओली पक्षले अनधिकृत कार्य भन्दै आपत्ति जनाएको छ।

बिहीबार पार्टीको केन्द्रीय कार्यालय सचिव शेर बहादुर तामाङले विज्ञप्ति जारी गर्दै पार्टीले कारबाही गरेका अनधिकृत व्यक्तिले केन्द्रीय कमिटी बैठक बोलाउनु उचित नभएको टिप्पणी गरेका छन्। उनले त्यस्तो बैठकमा सहभागी नहुन केन्द्रीय कमिटी सदस्यहरूलाई आग्रहसमेत गरेका छन्।

‘पार्टीको विधान अनुसार अध्यक्षसँगको परामर्शमा महासचिवले बैठक बोलाउने नेकपा एमालेको वैधानिक व्यवस्था विपरीत पार्टीले कारबाही गरेका व्यक्तिले केन्द्रीय कमिटी बैठक बोलाएको भन्ने सुन्नमा आएकोले त्यस्तो कार्यको निन्दा एवं भर्त्सना गर्दछु,’ तामाङले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: Jun 03, 2021| 02:57 बिहीबार, जेठ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।