काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय कार्यसमितिको बैठक बोलाउन माग गरेका छन्। पौडेल समूहले बुधबार आयोजना गरेको भर्चुअल छलफलले उक्त केन्द्रीय समितिको बैठक बोलाउन सभापतिसमक्ष माग गर्ने निष्कर्ष निकालेको हो।
छलफल तोकिएकै मितिमा महाधिवेशन हुनुपर्नेमा एकमत देखिएको थियो। महाधिवेशनबारे छलफल गर्न बैठक बाेलाउन महामन्त्री डा. शशांक काेइरालामार्फत् बैठक बाेलाउन पहल गर्ने निर्णय भएको छलफलमा सहभागी पौडेल निकट एक नेताले बताए।
छलफलले पार्टीका आन्तरिक समस्या समधान गर्न सभापति शेरबहादुर देउवासँग वार्ता गर्ने जिम्मा काेइरालालाई दिएको छ। निर्विवाद क्रियाशील सदस्यबाट महाधिवेशन गराउने, विवादित सदस्यकाे हकमा अर्काे महाधिवेशनलाई थाती राख्न सकिने विषयमासमेत छलफल भएको थियो।
