मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • फेसबुकमार्फत् स्वास्थ्यकर्मीको चरित्रहत्या गरेको आरोपमा एक जना पक्राउ

फेसबुकमार्फत् स्वास्थ्यकर्मीको चरित्रहत्या गरेको आरोपमा एक जना पक्राउ

वीरगञ्ज नगरक्षेत्रमा रहेका विभिन्न अस्पताल, कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि आफ्नो फेसबुक पेज तथा फेसबुक मेसेन्जर समेतबाट पटक-पटक आपत्तिजनक शब्दहरूको प्रयोग गरी विभिन्न आरोप लगाई व्यक्तिको चरित्रहत्या गर्ने, धम्क्याउने लगायतका क्रियाकलाप गरेको भन्ने जाहेरीको आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ। 
 |  बुधबार, जेठ १९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १९, २०७८

पर्सा- फेसबुकमार्फत् स्वास्थ्यकर्मीको चरित्रहत्या गर्ने तथा सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसूर गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा वीरगंज महानगरपालिका-१० घडिअर्वा बस्ने २४ वर्षीय सौरभ साह छन्। उनलाई मंगलबार पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। 

वीरगञ्ज नगरक्षेत्रमा रहेका विभिन्न अस्पताल, कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि आफ्नो फेसबुक पेज तथा फेसबुक मेसेन्जर समेतबाट पटक-पटक आपत्तिजनक शब्दहरूको प्रयोग गरी विभिन्न आरोप लगाई व्यक्तिको चरित्रहत्या गर्ने, धम्क्याउने लगायतका क्रियाकलाप गरेको भन्ने जाहेरीको आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ। 

उनीमाथि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताबिरूद्धको कसूरमा ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको  जिल्ला प्रहरी कार्यालय पर्साले उल्लेख गरेको छ।

प्रकाशित: Jun 02, 2021| 14:25 बुधबार, जेठ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।