काठमाडौं- विश्वकप २०१८ को उद्घाटन खेलमा नेपाल समयले गरेको पोल परिणामका आधारमा आयोजक रुसले जित्ने देखिएको छ ।
नेपाल समयले बुधबार ४ बजेदेखि शुरु गरेको पोललार्इ आधार मान्दा बिहीबार राति हुने आयोजक रुस र साउदी अरेबियाबीचको खेलमा रुसले विजय प्राप्त गर्ने मत अग्रपंक्तिमा छ ।
खेल शुरु हुनुभन्दा एक घण्टा अघिसम्मको मत परिणाम हेर्दा 'रुसले जित्छ' भन्नेमा ६३ प्रतिशत मत परेको छ भने 'साउदी अरेबियाले जित्छ' भन्नेमा ३७ प्रतिशत मत परेको छ ।
नेपाल समयले जुन १४ देखि जुलार्इ १५ सम्म विश्वकप अवधिभर पोल गरेर अनुमानित प्रारम्भिक नतिजा सार्वजनिक गर्नेछ।
पोल परिणाम
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४