धनगढी- सुदूरपश्चिममा बुधबार कोरोनाका नयाँ संक्रमित थपिएको भन्दा निको हुनेको संख्या तीन गुणाले बढेकाे छ।
पछिल्लो २४ घण्टामा प्रदेशमा ३१० जना कोरोनाका नयाँ संक्रमिकत थपिँदा निको हुनेको संख्या १ हजार २०३ रहेको छ।
प्रदेशमा हालसम्म ४३ हजार ३१४ जना कोरोना संक्रमित फेला परेकोमा ३२ हजार २७० जना निको भएका छन्। प्रदेशमा अहिले निको हुने दर ७४.५० प्रतिशत पुगेको छ।
प्रदेशमा हाल सक्रिय संक्रमित २४.३१ प्रतिशत छन्। सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा १० हजार ५३२ सक्रिय संक्रमित छन्।
निर्देशनालयका अनुसार प्रदेशमा पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ। बुधबार कञ्चनपुर र कैलालीमा एक/एक जना तथा बाजुरा र डडेल्धुरामा दुई/दुई जनाको मृत्यु भएको छ।
योसँगै सुदूरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ५१२ पुगेको छ। प्रदेशमा मृत्युदर १.१८ प्रतिशत रहेको छ।
