मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निषेध आदेशका बेला अत्यावश्यक सामग्रीमा कालोबजारी गर्ने ३७ जना पक्राउ

निषेध आदेशका बेला अत्यावश्यक सामग्रीमा कालोबजारी गर्ने ३७ जना पक्राउ

यस्तै, १ जना स्यानिटाइजर तथा अक्सिमिटर दुवै कालोबजारी गर्ने, १ जना विभिन्न औषधि तथा स्यानिटाइजर कालोबजारी गर्ने, १ जना गुणस्तरहीन स्यानिटाइजर उत्पादन गरी बिक्री गर्ने र ५ जना प्रहरीमाथि अभद्र व्यवहार गर्ने रहेको प्रहरीको भनाइ छ। 
 |  बुधबार, जेठ १९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १९, २०७८

काठमाडौं- पछिल्ला ६ सातामा स्वास्थ्य सामग्रीलगायतका अत्यावश्यक सामग्रीमा कालोबजारी गर्ने ३७ जना पक्राउ परेका छन्। अक्सिजन सिलिन्डर, ह्यान्ड स्यानिटाइजर, अक्सिमिटर, मास्क, पञ्जा, रिम्डेसिभिरलगायतका स्वास्थ्यसामग्री र अन्य अत्यावश्यक सामग्रीको कालोबजारी गर्ने उनीहरूलाई प्रहरीले विभिन्न स्थानबाट विभिन्न मितिमा पक्राउ गरिएको जानकारी दिउको छ।

निषेध आदेश जारी भएका बेला कालोबजारी गर्ने उनीहरूमाथि कालोबजारी तथा केही अन्य सामाजिक अपराध ऐन, २०३२ अन्तर्गतको कसुरमा अनुसन्धान गरिएको प्रहरीले जानकारी दिएको छ। ३७ जनामध्ये १२ जना अक्सिमिटर कालोबजारी गर्ने, ८ जना पिसीआर परीक्षणको नक्कली प्रतिवेदन बनाउने, ४ जना ह्यान्ड स्यानिटाइजर कालोबजारी गर्ने, ३ जना अक्सिजन सिलिन्डर कालोबजारी गर्ने, २ जना रिमडेसिभिर बढी मूल्यमा बिक्री गरेको आरोपमा पक्राउ परेका हुन्। 

यस्तै, १ जना स्यानिटाइजर तथा अक्सिमिटर दुवै कालोबजारी गर्ने, १ जना विभिन्न औषधि तथा स्यानिटाइजर कालोबजारी गर्ने, १ जना गुणस्तरहीन स्यानिटाइजर उत्पादन गरी बिक्री गर्ने र ५ जना प्रहरीमाथि अभद्र व्यवहार गर्ने रहेको प्रहरीको भनाइ छ। 

उनीहरुबाट १३ हजार ७ सय ५६ लिटर स्यानिटाइजर तथा करिब २५ हजार लिटर नक्कली स्यानिटाइजर, ५५ वटा अक्सिमिटर तथा ७ सय ६५ वटा नक्कली अक्सिमिटर, ६ थान रिमडेसिभिर तथा १ थान नक्कली रिमडेसिभिर, १ थान अक्सिजन सिलिन्डर, २ हजार लिटर मिथानोल रसायन, ३ हजार ६ सय लिटर इथाइनल रसायन, विभिन्न स्टिकरहरू, २ थान विलप्याड र ४६ वटा कार्टुन विभिन्न औषधि बरामद भएको थियो। 

बाँके नेपालगंज उपमहानगरपालिका-८ स्थित मारुती नन्दन जनरल स्टोरबाट प्रयोग अवधि समाप्त भएका करिब १ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको खाद्य सामग्री बरामद गरी प्रहरीसहितको संयुक्त अनुगमन टोलीबाट नष्ट गरिएको समेत प्रहरीले जानकारी दिएको छ। 

प्रकाशित: Jun 02, 2021| 14:08 बुधबार, जेठ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।