मंगलबार, भदौ ९, २०८३

माधव-झलनाथ पक्षको केन्द्रीय कमिटी बैठक बस्दै

नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल समूहले केन्द्रीय कमिटीको बैठक बोलाएको छ। 
 |  बुधबार, जेठ १९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १९, २०७८

काठमाडौं- नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल समूहले केन्द्रीय कमिटीको बैठक बोलाएको छ। 

भर्चुअल माध्यमबाट बिहीबार यो समूहको बैठक बस्न लागेको हो। केन्द्रीय सदस्य जीवनराम श्रेष्ठले बिहीबार बिहान ११ बजे केन्द्रीय कमिटीको बैठक बस्न लागेको जानकारी दिए।

‘पछिल्लो राजनीतिक घटनाक्रम र पार्टी विवादलगायतका विषयमा नै केन्द्रीय कमिटीको बैठकमा छलफल हुन लागेको हो’, उनले भने। 

पार्टीको संस्थापन पक्षका नेताहरु र आफ्नै समूहका चार जना दोस्रो तहका नेताहरुबीचको अनौपचारिक छलफल अघि बढिरहेका बेला नेपाल खनाल पक्षले केन्द्रीय कमिटीको बैठक बोलाएको हो। 

बैठकमा अनौपचारिक वार्तामा भइरहेका प्रगति र आगामी रणनीतिबारे छलफल हुने बताइएको छ।

प्रकाशित: Jun 02, 2021| 13:20 बुधबार, जेठ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।