मंगलबार, असोज १३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • दुई दिन घटेपछि ५५ अंक बढ्यो नेप्से, ११ अर्ब ३५ करोडको कारोबार

दुई दिन घटेपछि ५५ अंक बढ्यो नेप्से, ११ अर्ब ३५ करोडको कारोबार

बुधबार ११ अर्ब ३५ करोडभन्दा बढीको कारोबार भएको छ। कुल २१९ कम्पनीका २ करोड २६ लाख १३ हजार २६ कित्ता सेयर १ लाख १४ हजार २१६ पटक किनबेच भएका थिए। 
 |  बुधबार, जेठ १९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १९, २०७८

काठमाडौँ- लगातार दुई दिन घटेको सेयर बजाजर सूचक नेप्से बुधबार भने ५५.७६ अंकले बढेको छ। सोमबार र मंगलबार घटेको नेप्सेमा बुधबार २८२७.१२ बिन्दुमा पुगेको हो। 

बुधबार बजारमा ११ अर्ब ३५ करोडभन्दा बढीको कारोबार भएको छ। कुल २१९ कम्पनीका २ करोड २६ लाख १३ हजार २६ कित्ता सेयर १ लाख १४ हजार २१६ पटक किनबेच भएका थिए। 

बुधबारको बजारमूल्य अनुसार नेप्सेमा सूचीकृत कम्पनीको बजार पुँजीकरण ३९ खर्ब २३ करोड पुगेको छ। 

बुधाबर सबैभन्दा बढी फाइनान्स कम्पनीहरूको उपसूचक बढेको छ। फाइनान्स कम्पनीहरूको उपसूचक झन्डै ८ प्रतिशत बढेको छ भने म्युचुअल फन्डको सूक ०.१२ प्रतिशले घटेको छ। १४ कम्पनीका लगानीकर्ताले ९ प्रतिशत भन्दा बढी कमाएका छन् भने २ कम्पनीको सेयरमूल्यमा सर्किट लागेको छ। 
 

प्रकाशित: Jun 02, 2021| 10:41 बुधबार, जेठ १९, २०७८
प्रतिक्रिया दिनुहोस्