मंगलबार, भदौ ९, २०८३

सुर्खेतको वीरेन्द्रनगरका वडा-वडामा कोरोना परीक्षण

 |  बुधबार, जेठ १९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १९, २०७८

सुर्खेत- सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले वडा–वडामा कोरोना परीक्षण सुरु गरेको छ। संक्रमण टोल-टोलमा पुगेपछि वडा–वडामा परीक्षण थालिएको हो। जसअन्तर्गत आज (बुधबार) वडा नं. १३ को वडा स्वास्थ्यचौकी र वीरेन्द्रनगर नगरपालिका परिसरमा स्वास्व संकलन तथा एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको छ।

त्यस्तै भोलि २० गते बिहीबार वडा नं. ४ को भैरवस्थान स्कुल र वडा नं. ९ को स्वास्थ्यचौकी लाटीकोइली, २१ गते शुक्रबार पुनः वीरेन्द्रनगर परिसर र वडा नं. १४ को स्वास्थ्य चौकी गढी, २२ गते शनिबार वीरेन्द्रनगर-२ को स्वास्थ्य चौकी उत्तरगंगा र २३ गते आइतबार वडा नं. १२ को आधारभूत स्वास्थ्य केन्द्र नेवारे र वडा नं. १ को आधारभूत स्वास्थ्य केन्द्र धारापानीमामा स्वाब संकलन गरिने छ।

वीरेन्द्रनगर नगरपालिकाको कार्यालय परिसरमा वडा नं. ६, ७ र ८ का स्थानीयको स्वाब संकलन गरिने छ। यसअघि मंगलबार वडा नं. ३ को हरिडिलभूमि स्कूल र वडा नं. ७ को वडा कार्यालयमा स्वाव संकलन गरिएको छ।

समुदायस्तरमा परीक्षणपछि निषेध आदेश खुकुलो बनाउने वा कडाइ गर्ने विषयमा एकीन गरिने छ। कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगरमा यही २५ गतेसम्म निषेध आदेश छ। नगरपालिकाले २३ गतेभित्रै सबै वडामा स्वाव संकलन गरिसक्ने र संक्रमणको दरलाई हेरेर निषेध आदेश अन्त्य गर्ने वा कायम राख्ने भनेर एकीन हुने नगरप्रमुख देवकुमार सुवेदीले जनाए।

यसअघि हप्तामा तीन दिन कट्कुवा स्वास्थ्य चौकीमा मात्रै कोरोना परीक्षण हुँदै आएको थियो।

प्रकाशित: Jun 02, 2021| 08:50 बुधबार, जेठ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।