मंगलबार, भदौ ९, २०८३

उपत्यकाको निषेध आदेश जेठ ३१ गतेसम्म लम्बियो

काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेध आदेश लम्बिएको छ। काठमाडौं ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको आज (बुधबार) बसेको बैठकले निषेध आदेश जेठ ३१ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो।
 |  बुधबार, जेठ १९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १९, २०७८

काठमाडौं- काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेध आदेश लम्बिएको छ। काठमाडौं ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको आज (बुधबार) बसेको बैठकले निषेध आदेश जेठ ३१ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो।

वैशाख १६ गते सुरु भएको निषेध आदेश गत जेठ १४ देखि थप कडा पारिएकोमा हाल केही खुकुलो पार्दै जेठ ३१ गतेसम्मलाई लम्ब्याइएको छ।

यसअघि खाद्यान्न पसलसमेत बन्द गरिएकोमा अब किराना, डिपार्टपेन्टल, पुस्तक पसललगायत बिहान ९ बजेसम्म खोल्न दिइने भएको छ।

थप गरिएको निषेध आदेशको अवधिमा विकास निर्माणको काम गर्न पाइने भएको छ भने निर्माण सामग्री रातिमा मात्रै ओसार्न दिइने छ। 
 

प्रकाशित: Jun 02, 2021| 08:30 बुधबार, जेठ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।