मंगलबार, भदौ ९, २०८३

चितवनमा सात दिन निषेध आदेश थपियो

चितवनमा निषेध आदेशको अवधि थप भएको छ
 |  बुधबार, जेठ १९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १९, २०७८

चितवन - चितवनमा निषेध आदेशको अवधि थप भएको छ। प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले आज सात दिनका लागि थप निषेध आदेश जारी गरेका हुन्। 

गत वैशाख १६ गतेदेखि जारी निषेध आदेश जेठ २० गते रातिसम्मका लागि थियो। थपिएसँगै अब जेठ २७ गते रातिसम्म निषेध आदेश जारी रहने छ। 

अत्यावश्यक सेवा, तरकारी, फलफूल, दुग्ध पदार्थ, खानेपानी आपूर्ति, फोहोरमैला व्यवस्थापन, विद्युत्, खाद्यान्न, पशुपन्छीजन्य सामग्री, दाना, माछा, मासु, अण्डा, कृषि उपज, बीउबिजन, रासायनिक मल तथा कृषि औजार ढुवानी गर्ने सवारीसाधन भने निषेध आदेशमा सञ्चालन गर्न पाइने छ। 

यस्तै दूरसञ्चार, इन्टरनेट, कूटनीतिक नियोगका सवारी, सञ्चारकर्मी र पत्रपत्रिका वितरणका लागि प्रयोग गरिने सवारीलाई पनि सञ्चालन गर्न पाइने प्रशासनद्वारा जारी सूचनामा जनाइएको छ।

कामदार कर्मचारीलाई उद्योग परिसरमै खाने, बस्ने व्यवस्था वा घरबाटै लाने लैजाने व्यवस्था गरेमा उद्योग सञ्चालन गर्न पाइने छ। विकास निर्माण र निर्माण सामग्री ढुवानी गर्ने सवारीसाधनलाई पनि सञ्चालन गर्न पाउने छुट दिइएको छ। 

प्रकाशित: Jun 02, 2021| 07:31 बुधबार, जेठ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।