काठमाडौं- पूर्वीनवलपरासीको देवचुली नगरपालिका–२ मा रहेको चौधरी उद्योगमा लागेको आगाे ४ घन्टा बित्दा पनि नियन्त्रणमा आउन सकेको छैन।
पूर्वीनवलपरासीकी प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनीले चार दमकल, सुरक्षाकर्मी र आगो नियन्त्रकको सहयोगमा आगलागी नियन्त्रण प्रयास भइरहेको बताइन्।
'उद्योगको बियर प्लान्ट र गोदाममा आगलागी भएको हो। आज बिहान ८:२० बजेबाट आगो नियन्त्रण प्रयास भइरहेको छ। मेन भवनमा आगो लागेको हो। सुरुमा भवन भत्काएर आगो नियन्त्रणमा लिऔं भन्दा उहाँहरूले मान्नु भएन। अहिले डाेजरले भवन भत्काउँदै आगो नियन्त्रण प्रयास जारी छ', उनले भनिन्।
