मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • तिलोत्तमामा समुदायस्तरमा कोरोनाको निःशुल्क परीक्षण  

तिलोत्तमामा समुदायस्तरमा कोरोनाको निःशुल्क परीक्षण  

रूपन्देहीको तिलोत्तमा नगरपालिकाले कोरोना संक्रमणको चेन ब्रेक (सर्ने प्रक्रिया रोक्न) गर्न कोरोना परीक्षणलाई समुदायस्तरमा केन्द्रित गरेको छ।
 |  बुधबार, जेठ १९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १९, २०७८

बुटवल - रूपन्देहीको तिलोत्तमा नगरपालिकाले कोरोना संक्रमणको चेन ब्रेक (सर्ने प्रक्रिया रोक्न) गर्न कोरोना परीक्षणलाई समुदायस्तरमा केन्द्रित गरेको छ।

महामारी सुरु भएसँगै शंकरनगरमा मात्र गरिएको निःशुल्क कोरोना परीक्षणलाई  पछिल्ला दिनमा समुदायस्तरसम्म पुर्‍याइएको नगरपालिकाले जनाएको छ।

नगर प्रमुख वासुदेव घिमिरेले समुदायस्तरमा निःशुल्क कोरोना परीक्षण सुरु भएकोले कन्ट्रयाक्ट ट्रेसिङमा परेका वा कोभिड-१९ को लक्षणसँग मिल्दाजुल्दा स्वास्थ्य समस्या भएका नगरवासीलाई पायक पर्ने परीक्षण स्थलमा गई कोरोना परीक्षण गराउन अनुरोध गरेका छन्। नगरपालिकाले दुईवटा समूह बनाएर १७ वडामै एन्टिजेन परीक्षणको व्यवस्था मिलाएको हो।

तिलोत्तमा नगरपालिकाको पछिल्लो तथ्यांकअनुसार नगरपालिकामा हाल सक्रिय संक्रमितको संख्या ४७५ छ। नगरपालिकामा हालसम्म पाँच हजार ८३६ जनालाई कोरोना संक्रमण भएकोमा पाँच हजार २१६ जना संक्रमणमुक्त भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।

प्रकाशित: Jun 02, 2021| 04:43 बुधबार, जेठ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।