मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लुम्बिनी प्रदेशसभा बैठक : संसद्‍मा दर्ता अविश्वासको प्रस्ताव के होला?

लुम्बिनी प्रदेशसभा बैठक : संसद्‍मा दर्ता अविश्वासको प्रस्ताव के होला?

राष्ट्रियसभा निर्वाचनमा मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको एमालेका उम्मेद्‍वारले ४० मत मात्रै पाएपछि विपक्षीहरूले अल्पमतमा परेको पुष्टि भएको बताउँदै आएका छन्।
 |  बुधबार, जेठ १९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १९, २०७८

बुटवल - लुम्बिनी प्रदेशसभाको आज दिउँसो १ बजेबाट बर्खे अधिवेशन सुरू हुँदैछ। प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेश सरकारको सिफारिसमा अधिवेशन आह्वान गरेका हुन्।

सरकारले असार १ गते बजेट ल्याउनुपर्ने कानुनी बाध्यता रहेकाले पनि संसद बैठक आह्वान गरेको हो।  राष्ट्रिय राजनितिको प्रभावका कारण प्रदेशसभा बैठक पनि प्रभावित हुँदै आएका छन्। सातौँ अधिवेशन जम्मा ५ दिन मात्रै चलेको थियो।

गत चैत १८ गतेदेखि सुरु भएको सातौं अधिवेशनमा धेरै दिन चल्न सकेन। सातौं अधिवेशन चैत १८, १९ र २० तथा २३ र २४ गते मात्रै चलेको थियो। सातौं अधिवेशन पनि ६ महिना पुगेकाले बाध्यतात्मक अवस्थामा आह्वान गरिएको थियो।

सरकारले संसदमा विजनेश नभएको बाहनामा छलफल नै नगराएको सांसदहरूको भनाइ छ। अहिले पनि बजेट ल्याउनुपर्ने बाध्यतात्मक परिवेशका कारण बैठक डाकिएको प्रतिपक्षी दलहरू बताउँछन्।

नेपाली कांग्रेसका प्रमुख सचेतक फकरुद्धिन खानले सरकारले संसद्बाट कुनै पनि काम गराउन नखोजेको आरोप लगाए। ‘संसद्लाई छलेर मुख्यमन्त्री नियुक्ति हुनुुभयो,’ उनले भने, ‘बजेट ल्याउन नपरेको भए, संसद् बैठक नै चल्दैनथ्यो।’

अविश्वासको प्रस्ताव दर्ता भएकाले सभामुखले कार्यसूची फेरबदल गर्न सक्छन्। नेकपा एमालेले भने अविश्वास प्रस्तावमाथि छलफल थालिए के गर्ने भन्ने विषयमा छलफल गरेको जनाएको छ।

मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव पेस भएपछि गत वैशाख १९ गते प्रदेश प्रमुखले विशेष अधिवेशन डाकेका थिए। तर, मुख्यमन्त्रीले संसद्‍मा अविश्वासको प्रस्तावमाथि छलफल हुने भएपछि एकाबिहानै राजीनामा दिएर संसद‍्मा छलफलको औचित्य नभएको भन्दै कामलचलाउ मुख्यमन्त्रीको हैसियतमा अधिवेशन अन्त्य गर्न सिफारिस गरेका थिए।

विपक्षी गठबन्धनले अल्पमतमा रहेका एमाले संसदीय दलका नेता मुख्यमन्त्री शंकर पोखरेल नियुक्ति भएको भन्दै वैशाख २६ गते विपक्षी गठबन्धनले अविश्वास प्रस्ताव पुन: संसद् सचिवालयमा दर्ता गराएका छन्। अविश्वासको प्रस्तावमा विषयमा भने विपक्षी र सत्तापक्षबीच मतान्तर छ।

दलका तर्फबाट सम्बोधन

प्रदेशसभा सचिवालयका अनुसार बर्खे अधिवेशनको आजको पहिलो बैठकमा दलका तर्फबाट बोल्ने कार्यसूची छ। कार्यपरामर्श समितिको बैठकले सम्भावित कार्यसूची तय गरेको हो।

विपक्षी गठबन्धनले अविश्वासको प्रस्तावमाथि छलफल हुनुपर्ने अडान राखे पनि अहिले बजेट ल्याउनुपर्ने भएकाले त्यसलाई थाती राखेर अघि बढ्नुपर्ने सत्तापक्षकाे अडान छ।

यद्यपि अविश्वासको प्रस्ताव दर्ता भएकाले सभामुखले कार्यसूची फेरबदल गर्न सक्छन्। नेकपा एमालेले भने अविश्वास प्रस्तावमाथि छलफल थालिए के गर्ने भन्ने विषयमा छलफल गरेको जनाएको छ। यद्यपि नेकपा एमालेका प्रमुख सचेतक भूमेश्वर ढकालले भने अविश्वासको प्रस्ताव संविधानविपरीत दर्ता भएकाले त्यसमाथि छलफल हुनै नसक्ने बताउँछन्।  

एमालेको ४१ सांसदबाट घटेर ३८ मा पुगेको छ। जसपा (महन्थ ठाकुर ) पक्षका ४ सांसदसहित एमालेको पक्षमा ४२ सांसद् संख्या छ। तर, एमालेको माधव कुमार नेपाल पक्षका २ सांसद्ले समेत विपक्षी गठबन्धनलाई साथ दिएपछि मुख्यमन्त्री ४० मा खुम्चिएका हुन्।

प्रदेशसभा सचिवाललयका अनुसार आजको बैठकमा प्रदेश प्रमुखबाट प्राप्त प्रदेश सभाको आठौं अधिवेशन आह्वानसम्बन्धी पत्र,  प्रमाणीकरण भएको विधेयकसम्बन्धी पत्र र मन्त्रिपरिषद्‌ पुनर्गठन एवं कार्य विभाजनसम्बन्धी पत्र संसद‍्मा सभामुखले पढेर सुनाउने छन्।

यसैगरि प्रदेशसभा सदस्यबाट दृगनारायण पाण्डेय र अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिएकाले पद रिक्त भएको व्यहोरा सभामुखले जानकारी गराउने छन्। त्यसपछि दलका तर्फबाट सांसदहरूले बोल्नलाई समय दिइने प्रदेशसभाका सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए।

यस्तो छ अंकगणित

राष्ट्रियसभा निर्वाचनमा मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको एमालेका उम्मेद्‍वारले ४० मत मात्रै पाएपछि विपक्षीहरूले अल्पमतमा परेको पुष्टि भएको बताउँदै आएका छन्। जसपाले निलम्बन गरेका ४ सांसदको समेत सर्वोच्चको फैसलाले पद जोगिएपछि प्रदेशसभामा ८३ जना सांसद् संख्या छ।

यसमध्ये बहुमतका लागि ४२ सांसद‍्को आवश्यकता पर्छ। तर, मुख्यमन्त्री पोखरेलसँग भने ४० मत मात्रै रहेको राष्ट्रियसभा सदस्यका उम्मेद्‍वार पाएका हुन्। यस आधारमा मुख्यमन्त्री स्वत: अल्पमतमा रहेको अंकगणितले देखाएको विपक्षीको जिकिर छ। नेकपा एमालेका २ जना सांसद‍्ले पदबाटै राजीनामा दिएका छन् भने नेकपाबाट चुनाव लडेकी बिमला खत्री ओलीले माओवादी केन्द्र रोजेकी छन्।

एमालेको ४१ सांसदबाट घटेर ३८ मा पुगेको छ। जसपा (महन्थ ठाकुर ) पक्षका ४ सांसदसहित एमालेको पक्षमा ४२ सांसद् संख्या छ। तर, एमालेको माधव कुमार नेपाल पक्षका २ सांसद्ले समेत विपक्षी गठबन्धनलाई साथ दिएपछि मुख्यमन्त्री ४० मा खुम्चिएका हुन्।

विपक्षी गठबन्धनमा नेपाली कांग्रेसको १९, नेकपा माओवादी केन्द्र १८ (बिमला ओलीसहित), जनता समाजवादी पार्टी (उपेन्द्र पक्ष) २ र राष्ट्रिय जनमोर्चा १ जना सांसद् छन्।  

प्रकाशित: Jun 02, 2021| 03:06 बुधबार, जेठ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।