काठमाडौं- नेपाल नर्सिङ परिषद्ले नाम दर्ता परीक्षा स्थगित गरेको जनाएको छ। परिषद्ले सूचना प्रकाशित गर्दै परिषदको प्रस्तावित वार्षिक कार्य तालिका अनुसार को २७औं नाम दर्ता परीक्षा यहि आउँदो असार २६ गते प्रस्ताव गरेकोमा हाललाई स्थगित गरिएको जनाएको हो।
परिषद्ले देशभरी कोभिड-१९ माहामारी तीब्र रुपमा फैलिनुका साथै नेपाल सरकारले लगाएको निषेध आदेशको समयावधिलाई समेत मध्यनजर गरि तोकिएको मितिमा नाम दर्ता परीक्षा लिन नसक्ने अवस्था सिर्जना भएको जनाएको हो।
अवस्था अनुकुल भएपछि पुन: सूचना प्रकासित गरेर जानकारी दिइने परिषद्ले जनाएको छ।

