मंगलबार, भदौ ९, २०८३

कस्तो रहला आजको मौसम?

काठमाडौं उपत्यकासहित आज देशका अधिकांस स्थानमा मौसम सफा रहेको छ।
 |  बुधबार, जेठ १९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १९, २०७८

काठमाडौं- काठमाडौं उपत्यकासहित आज देशका अधिकांस स्थानमा मौसम सफा रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ का केही ठाउँमा बादल लागे पनि अन्य स्थानको मौसम भने बिहानैदेखि सफा छ।

भारतको पश्चिम बंगाल आसपास बनेको न्यून चापीय क्षेत्रका कारण प्रदेश १ का केही स्थानमा बादल लागेको र स्थानीय वायुका कारण अरु केही ठाउँमा सामान्य बादल लागे पनि अहिले देशमा पानी पार्ने उल्लेख्य प्रणाली नरहेको मौसम महाशाखाले जनाएको छ।

अझै केही दिन ठूलो पानी पार्ने खालको मौसमी प्रणाली आउने सम्भावना कम रहेको महाशाखाले जनाएको छ। प्रदेश १ का केही ठाउँमा भने सामान्य पानी पर्ने देखिएको छ। प्रि-मनसुनको समय भएकोले दिउँसोपछि केही ठाउँमा बादल आएर सामान्य पानी पर्ने सम्भावना भने रहिरहने महाशाखाले जनाएको छ।

प्रकाशित: Jun 02, 2021| 02:00 बुधबार, जेठ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।