काठमाडौं– तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश हुने गरि दरबार हत्याकाण्ड भएको २० वर्ष पूरा भएको छ।
२०५८ जेठ १९ गते तत्कालीन राजा वीरेन्द्र शाह र उनको परिवारको वंशनाश हुने गरि हत्या भएको थियो। तत्कालीन युवराज दीपेन्द्र शाहलाई हत्याकाण्डको मुख्य दोषी देखाइएको भए पनि घटनाको वास्तविता अझै रहस्यको गर्भमै छ।
सरकारद्वारा गठित छानविन समितिले दीपेन्द्रले केही समययता भएको पारिवारिक विवादका कारण बाबुआमा, भाई र बहिनीसमेतमाथि गोली चलाएको निष्कर्ष निकालेको थियो। त्यसपछि उनी स्वयंले आत्महत्या गरेको भनिएको छ।
उक्त काण्डमा तत्कालिन राजा वीरेन्द्रसहित रानी ऐश्वर्या, छोराहरु युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, छोरी अधिराजकुमारी श्रुती, भाइ अधिराजकुमार धिरेन्द्र, दिदीहरू शोभा सिंह र शारदा शाहका अलावा ज्वाईं कुमार खड्ग विक्रम शाहसमेत गरि १० जनाको हत्या भएको थियो।
