मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वरिष्ठताका आधारमा समेट्दा यस्तो हुनेछ संवैधानिक इजलास

वरिष्ठताका आधारमा समेट्दा यस्तो हुनेछ संवैधानिक इजलास

संवैधानिक इजलास गठनमा विवाद भएपछि अब नियमावली संशोधन गरेर इजलास गठन गर्ने सहमति भएको छ।
 |  बुधबार, जेठ १९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १९, २०७८

काठमाडौं - संवैधानिक इजलास गठनमा विवाद भएपछि अब नियमावली संशोधन गरेर इजलास गठन गर्ने सहमति भएको छ। बारका पदाधिकारीसँगको छलफलमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा नियमावली संशोधन गर्न तयार भएका हुन्।

वरिष्ठताका रोस्टरमा रहेका न्यायाधीशहरूलाई आधारमा इजलास गठन भएमा त्यसमा प्रधानन्यायाधीशपछिका वरिष्ठ न्यायाधीश रहने छन्। 

सर्वोच्च अदालतमा प्रधानन्यायाधीशपछि वरिष्ठताका आधारमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का छन्। त्यसपछि हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ छन्।

न्यायाधीश हरिकृष्ण कार्की पहिलोपटक संसद् विघटनको मुद्दाका क्रममा गठित इजलासमा विवाद भएपछि बाहिरिएका थिए। संसद् विघटनसम्बन्धी सोही मुद्दामा अब कार्की बस्न मिल्ने छैन। 

सर्वोच्च स्रोतका अनुसार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ पनि अस्वस्थ भएका कारणले उनी सहभागी हुने छैनन्। यी दुई वरिष्ठ न्यायाधीश इजलासमा नरहने भएपछि वरिष्ठताका आधारमा रहेका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई इजलासमा रहने छन्।

प्रधानन्यायाधीश राणा आफैंले गठन गरेको इजलासमा रहेका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठको नैतिकताबारे कानुन व्यवसायीले प्रश्न उठाएपछि संसद् विघटनसम्बन्धी मुद्दा सुनुवाइ प्रक्रिया अघि बढ्न सकेको छैन।

गत शुक्रबार सुरु भएको सुनुवाइ आइतबार पनि न्यायाधीशकै नैतिकताका बारेमा न्यायाधीश र कानुन व्यवसायी बीच सबालजबाफ भएको थियो। 

पहिलो विघटनको सुनुवाइका क्रममा पनि प्रधानन्यायाधीश राणाले वरिष्ठताका आधारमा नभएर आफैं छनोट गरेर संवैधानिक इजलास गठन गरेका थिए। इजलासकै विषयमा मंगलबार प्रधानन्यायाधीश राणाले सर्वोच्च बारका पदाधिकारीसँग छलफल गरेका थिए।

छलफलमा इजलास गठनसम्बन्धी नियमावली संशोधन गरेर इजलास गठन गर्ने सहमति भएको सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले जानकारी दिएका छन्।

प्रकाशित: Jun 02, 2021| 00:55 बुधबार, जेठ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।