काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधनको खबरबाट आफू स्तब्ध भएको बताएका छन्। मंगलबार फेसबुकमा स्टाटसलेख्दै प्रधानमन्त्री ओलीले यस्तो उल्लेख गरेका हुन्।
'विवेकशील साझा पार्टीका संस्थापक संयोजक उज्ज्वल थापाको निधनको खवरबाट स्तब्ध भएको छु,' ओलीको स्टाटसमा लेखिएको छ, 'दिवंगत थापाप्रति भावपूर्ण श्रद्धाञ्जलि र शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।'
कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भएका थापाको पछिल्लो रिपोर्ट भने नेगेटिभ आएको थियो। यसअघि नै उनका शरीरका अंग शिथिल बनेकाले एक्मो विधिबाट गरिएको उपचार पनि सफल हुन सकेन।
विवेकशील साझा पार्टीका नेता थापाको उपचारका क्रममा बुधबार दिउँसो मेडिसिटी अस्पतालमा निधन भएको थियो।
