मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंबाट दोहा र दिल्लीमा सातामा २ नियमित उडान गर्न प्राधिकरणको अनुमति 

काठमाडौंबाट दोहा र दिल्लीमा सातामा २ नियमित उडान गर्न प्राधिकरणको अनुमति 

नेपाल एयरलाइन्स र एयर इन्डियाले दिल्लीमा एकएक उडान गर्न अनुमति पाएका छन्। यस्तो कतार एयरवेज र नेपाल एयरलाइन्सले सातामा एकएक उडान गर्न अनुमति पाएका छन्। 
 |  मंगलबार, जेठ १८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १८, २०७८

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले कतारको दोहा र भारतको नयाँदिल्लीमा सातामा दुई उडान गर्न अनुमति दिएको छ। प्राधिकरणले मंगलबार सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो। 

नेपाल एयरलाइन्स र एयर इन्डियाले दिल्लीमा एकएक उडान गर्न अनुमति पाएका छन्। यस्तो कतार एयरवेज र नेपाल एयरलाइन्सले सातामा एकएक उडान गर्न अनुमति पाएका छन्। 

नेपाल एयरलाइन्सले प्रत्येक सोमबार दोहा उडान गर्ने छ भने दिल्लीका लागि बुधबार उडान भर्नेछ। यस्तै कतारले प्रत्येक सोमबार काठमाडौं उडान भर्ने छ भने एयर इन्डियाले प्रत्येक शुक्रबार काठमाडौं उडान गर्नेछ। प्राधिकरणका अनुसार टर्किस एयरलाइन्सले प्रत्येक बिहीबार काठमाडौं उडान गर्न अनुमति पाएको छ। 

जुन १ (आज)बाट लागू हुने गरी जेठ १३ गते मन्त्रिपरिषद् बैठकले कतार, चीन, टर्कीमा नियमित उडान सञ्चालन गर्ने निर्णय गरेको थियो। यसअघि नै भारतमा उडान गर्ने निर्णय सरकारले गरेको थियो। 

प्रकाशित: Jun 01, 2021| 14:44 मंगलबार, जेठ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।