मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निषेध आदेश उल्लंघन गर्ने २५ सय सवारी साधन प्रहरीको नियन्त्रणमा

निषेध आदेश उल्लंघन गर्ने २५ सय सवारी साधन प्रहरीको नियन्त्रणमा

तीमध्ये ६ सय ६० वटा गाडी र १ हजार ८ सय ७१ वटा मोटरसाइकल रहेका छन्। नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ।
 |  मंगलबार, जेठ १८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १८, २०७८

काठमाडौं- विभिन्न जिल्लामा लागू गरिएको निषेध आदेश उल्लंघन गर्ने २ हजार ५ सय ३१ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। विगत २४ घण्टामा यी सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। 

तीमध्ये ६ सय ६० वटा गाडी र १ हजार ८ सय ७१ वटा मोटरसाइकल रहेका छन्। नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको प्रहरीले जानकारी दिएको छ।

नयाँ भेरियन्ट सहितको कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा १ हजार ४६ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ।

कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने ४ सय ३३ जनालाई कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा ५३ हजार १ सय रुपैयाँ जरिवाना गरिएको छ । सो क्रममा ३ हजार १ सय ८५ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ। साथै देशभर सञ्चालित ९३ वटा माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको सचेतनामूलक कार्यक्रम अन्तर्गत १७ हजार २ सय ७२ जनालाई सचेत गराइएको छ।

निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरुसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तीव्रता दिएको छ।

प्रकाशित: Jun 01, 2021| 14:26 मंगलबार, जेठ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।