बुटवल- बुटवल उपमहानगरपालिकाले कोरोना परीक्षणका लागि समुदायमा नै गएर एन्टिजेन परीक्षण सुरु गरेको छ। मंगलबारबाट बुटवलले समुदायमा नै पुगेर परीक्षण सुरु गरेको हो।
मंगलबार नगरका मोतिपुर, नयाँगाउँ, तामनगर, सेमलार, बुद्धनगर टोल र उपमहानगरपालिका परिसरमा सर्वसाधारणको एन्टिजेन परीक्षण गरिएको छ। मंगलबार ६२ जनाको परीक्षण गरिएकोमा १४ जनामा संक्रमण देखिएको छ।
बुटवल उपमहानगरले सबै वडाका धेरै संक्रमित भेटिएका र जोखिमपूर्ण र हस्टस्पट क्षेत्र पहिचान गरी परीक्षण सुरु गरेको हो। उपमहानगरपालिकाका सबै वडाका टोलमा पायक पर्ने स्थान मिलाएर २१ गतेसम्म गरिने र यस्तो परीक्षण नि:शुल्क हुने नगर प्रमुख प्रमुख शिवराज सुवेदीले बताए।
उपमहानगरका जनप्रतिनिधि तथा विज्ञहरूले सकारात्मक सन्देश प्रवाह गर्न र मनोबल उच्च राख्न आग्रह गरेका छन्।
