काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्यका विषयमा असम्बन्धित निकायलाई सञ्चारमाध्यममा नबोल्न आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले मंगलबार विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन्। असम्बन्धित निकायले आमसञ्चार माध्यममा बोल्ने वा टिप्पणी गर्ने गर्दा धेरैलाई द्विविधा हुने गरेको मन्त्रालयको भनाइ छ।
'जनस्वास्थ्यका विषयमा असम्बन्धित निकायले आमसञ्चार माध्यममा बोल्ने वा टिप्पणी गर्ने गरिएकाले त्यसले धेरैलाई द्विधिधा बनाउने र भ्रमित बनाउने गरेको छ,' प्रवक्ता पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
कोभिड महामारीसहित समग्र जनस्वास्थ्यका विषयमा विभागीय मन्त्री वा मन्त्रालयले तोकेका पदाधिकारी र निकाय बाहेकले आधिकारिक जानकारी वा पुष्ट्याँइ गर्ने कार्यलाई रोक्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई अनुरोध गरिएको समेत विज्ञप्तिमा उल्लेख छ। साथै असम्बन्धित निकायले गरेका टिप्पणी प्रकाशन तथा प्रसारण नगर्नसमेत समेत मन्त्रालयले आग्रह गरेको छ।

