काठमाडौं– कोभिड संक्रमण भएका व्यक्तिको उपचार सेवामा जुटिरहेका स्वास्थ्यकर्मीहरुलाई सम्मान गर्न एउटा व्यावसायिक प्रतिष्ठानले एक करोड रुपैयाँ दिने घोषणा गरेको छ।
काठमाडौंमा रहेको कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले स्वास्थ्यकर्मीलाई पुरस्कृत गर्न उक्त रकम दिने भएको हो।
कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका अध्यक्ष सुहृद घिमिरेले कोरोना संक्रमितको उपचार र सेवामा खटिएका देशभरका १०० जना स्वास्थ्यकर्मीलाई एक लाख रुपैयाँको दरले पुरस्कार दिन नगद सहयोग गर्न लागिएको बताए। स्वास्थ्यकर्मी छान्ने र पुरस्कृत गर्ने काम भने बारबारा फाउन्डेसनले गर्नेछ।
