काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले उज्वल थापाको निधनले नेपाली राजनीति र समाज रुपान्तरण गर्ने एक अभियन्ताको अभाव खड्किरहने बताएका छन्। मृतक थापाको आत्माको चिर शान्तिको कामना गर्दै नेता थापाले यस्तो बताएका हुन्।
'नेपाली राजनीति र समाजलाई रूपान्तरण गर्न मनैदेखि लागिरहेको एउटा अथक अभियन्ताको अभाव सधैँ खड्किरहनेछ,' ट्विट गर्दै थापाले लेखेका छन्, 'एक असल मान्छे र प्रिय मित्रको निधनले अत्यन्त मर्माहत छु।' उनले थापा परिवारप्रति समवेदना व्यक्त गरेका छन्।
कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भएका उनको पछिल्लो रिपोर्ट भने नेगेटिभ आएको थियो। यसअघि नै उनका शरीरका अंग शिथिल बनेकाले एक्मो विधिबाट गरिएको उपचार पनि सफल हुन सकेन।
विवेकशील साझा पार्टीका नेता थापाको उपचारका क्रममा मंगलबार दिउँसो मेडिसिटी अस्पतालमा निधन भएको थियो।
उज्वल थापा हामी बिच रहनुभएन।एक असल मान्छे र प्रिय मित्रको निधनले अत्यन्त मर्माहत छु।नेपाली राजनीति र समाजलाई रूपान्तरण गर्न मनैदेखि लागिरहेको एउटा अथक अभियन्ताको अभाव सधैँ खड्किरहनेछ।उहाँको आत्माको चीर शान्तिको कामना!
— Gagan Thapa (@thapagk) June 1, 2021
परिवारजनमा हार्दिक समवेदना! pic.twitter.com/t4kIlwQHMm
