मंगलबार, भदौ ९, २०८३

चिनियाँ खोप २५ गतेदेखि लगाइने, ककसले पाउँछन्?

स्वास्थ्य मन्त्रालयमा मंगलबार बसेको बैठकले १० लाख डोज चिनियाँ खोप २५ गतेबाट लगाउने निर्णय गरेको हो।
 |  मंगलबार, जेठ १८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १८, २०७८

काठमाडौं– चीनले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप जेठ २५ गतेदेखि लगाइने भएको छ। स्वास्थ्य मन्त्रालयमा मंगलबार बसेको बैठकले १० लाख डोज चिनियाँ खोप २५ गतेबाट लगाउने निर्णय गरेको हो।

बैठकले चिनियाँ खोप ६० देखि ६४ वर्ष उमेर समूहका मानिसलाई लगाउने निर्णय गरेको खोप शाखाका प्रमुख डाक्टर झलक गौतमले जानकारी दिए। ‘अन्य उमेर समूहमा जानलाई खोपको उपलब्धता कम भएकाले ६० देखि ६४ वर्ष उमेर समूहलाई लगाउने निर्णय भएको छ’, उनले भने।  यो उमेर समूहका नागरिक करिब साढे ८ लाख रहेको मन्त्रालयको अनुमान छ। 

हिमाली जिल्लाका हकमा भने १८ वर्ष उमेर माथिकालाई पनि खोप दिने सकिने निर्णय भएको डा. गौतमले बताए। ‘सुरुमा खोपको उपलब्धता हेर्छौं, पुग्यो भन हिमाली जिल्लामा १८ वर्षमाथिका व्यक्तिमा पनि लगाउनेछौ’, उनले भने।  चीनले अनुदानमा दिने भनेको १० लाख डोज खोपमध्ये ९ लाख खोप नेपाल ल्याइसकिएको छ भने १ लाख खोप भोलि ल्याइँदै छ।

गत जेठ २२ गते गत २६ मेमा राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सी चिनपिङबीच भएको टेलिफोन वार्तामा चीनका राष्ट्रपति सीले नेपाललाई सहयोगस्वरूप १० लाख खोप उपलब्ध गराउने घोषणा गरेका थिए। सोही घोषणाबमोजिम खोप नेपाल ल्याइएको हो।

प्रकाशित: Jun 01, 2021| 12:52 मंगलबार, जेठ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।