काठमाडौं– कांग्रेस नेता शेखर कोइरालाले उद्यमी, राजनीतिक अभियन्ता तथा विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्वल थापाको निधनमा दुःख व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘देशका लागि अझै तपाईंको आवश्यकता थियो। तपाईंले आमयुवामाझ बनाउनुभएको सकारात्मक छवि र व्यक्तित्व हाम्रासामु अनुकरणीय रहिरहनेछ।’
