मंगलबार, भदौ ९, २०८३

बनेपामा सिल हट्यो, निषेध आदेश कायमै

नगरक्षेत्रमा सङ्क्रमित सङ्ख्या घटिरहे पनि जोखिम कायमै रहेको जनाउँदै निषेधाज्ञा भने आउँदो २६ गतेसम्म जारी नै राखिएको बनेपा नगरपालिकाले जानकारी दिएको छ।
 |  मंगलबार, जेठ १८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १८, २०७८

काभ्रेपलाञ्चोक- बनेपा नगर क्षेत्रमा लगातार दुई हप्ता गरिएको सिल बुधबारदेखि हटाइएको छ। नगरक्षेत्रमा सङ्क्रमित सङ्ख्या घटिरहे पनि जोखिम कायमै रहेको जनाउँदै निषेधाज्ञा भने आउँदो २६ गतेसम्म कायमै राखिएको बनेपा नगरपालिकाले जानकारी दिएको छ।

सिल अवधिभर बनेपाले मर्निङवाक समेत गर्न दिएको थिएन। नगरद्वारा सोमबार जारी सूचनामा स्वास्थ्यका मापदण्ड अपाई अत्यावश्यक सेवामात्रै सञ्चालन गर्न पाइने तथा बिहान छदेखि १० बजेसम्म खाद्यान्न, ग्यास, तरकारी, फलफूल, खानेपानी तथा पशुको दाना बिक्री गर्ने पसल खोल्न पाइने भएको जनाइएको छ। 

बैंक–वित्तीय संस्था, विद्युत्, सञ्चार कार्यालय, फोहर व्यवस्थापनका कार्यालय खोल्न पाइए पनि निजी तथा सार्वजनिक सवारी, भीडभाड हुने जिमखाना, सिनेमा हल, विद्यालय, पार्टीप्यालेस, रेस्टुरेन्ट सञ्चालन गर्न पाइने छैन।

केही दिनदेखि सङ्क्रमण दर घटिरहेको बनेपा नगरका हाल २११ पुरुषसहित ३९४ सक्रिय सङ्क्रमित छन्। हालसम्म यहाँका २२ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन्। काभ्रेका अन्य चार स्थानीय तहमा भने सिल कायमै छ। पनौती नगर, भुम्लु गाउँपालिका र बेथानचोक गाउँपालिकाको सिल–अवधि पनि सोमबार सकिएको छ। नमोबुद्ध नगर र रोशी गोउँपालिका सिलको समयसीमा बुधबारसम्म छ। जेठ ७ गते पाँच दिन नगर क्षेत्र सिल गरेको धुलिखेलले एकैपटक पुनः १० दिन सिलको अवधि थपेको छ। पाँचखालले भने ८ गतेदेखि एकैपटक १५ दिन नगर सिल गरेको थियो।

मण्डनदेउपुरले दोस्रो लहरको कोभिड–१९ नगरमा तीव्ररूपमा फैलिएकाले यस जोखिमपूर्ण अवस्थामा सङ्क्रमण, नियन्त्रण, न्यूनीकरण तथा सङ्क्रमण शृङ्खला तोड्नुपर्ने जनाउँदै १२ गतेदेखि एकैपटक १० दिन नगरक्षेत्र सिल गरेको छ। सिल गरिएका सबै तहले आफ्नो क्षेत्रमा स्वास्थ्यसम्बन्धी अत्यावश्यक सेवाबाहेक सबै पूर्णरूपमा बन्द गरेको जनाउँदै आएका छन्।

सूचना विभागबाट जारी प्रेस पासबाहक सञ्चारकर्मीबाहेक नगरका अन्य व्यक्तिले अत्यावश्यक काममा मात्रै स्थानीय जनप्रतिनिधिलाई जानकारी गराएर बाहिर निस्कन पाइने स्थानीय तहद्वारा जारी सूचना एवं प्रेस विज्ञप्तिमा उल्लेख गरिएका छन्। जिल्ला प्रशासन कार्यालयले दोस्रोपटक थपेको निषेधाज्ञा २४ गतेसम्म छ। काभ्रेपलाञ्चोकमा छ नगरपालिका र सात गाउँपालिका छन्। केही गाउँपालिकाले पनि निषेधाज्ञामा थप कडाइ गरेको जनाउँदै आएका छन्।

यसैबीच पछिल्लो २४ घण्टामा काभ्रेपलाञ्चोकमा ३८५ कोरोनामुक्त भएका छन् भने सङ्क्रमित २०६ मा सीमित रहे। अघिल्लो दिन १८६ भने जम्मा ५८ कोरोना सङ्क्रमित थपिएका थिए। यस्तै शनिबार १७६ कोरोनामुक्त भएका थिए भने ६४ नयाँ सङ्क्रमित थपिएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसीएमसी)ले जनाएको छ। केन्द्रका अनुसार पछिल्लो २४ घण्टामा छ सङ्क्रमितले ज्यान गुमाएका छन्। 

कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएयता जिल्लामा हाल दुई हजार २२७ सक्रिय सङ्क्रमित रहेका छन्। जिल्लामा सबैभन्दा बढी पाँचखाल नगरमा १९ प्रतिशत अर्थात् ४०४ सङ्क्रमित छन्। कूल सङ्क्रमितमध्ये धुलिखेलमा २९९, पनौतीमा २७७, नमोबुद्धमा ११९, मण्डनदेउपुरमा १३६ तथा रोशी गाउँपालिकामा १२८, चौँरीदेउरालीमा ५७, तेमालमा ९४, भुम्लु १५२, खानीखोलामा २९, बेथानचोकमा १०७ र महाभारत गाउँपालिकामा ३१ सक्रिय सङ्क्रमित रहेको केन्द्रले जनायो। कूल सङ्क्रमितमध्ये ९३ प्रतिशत अर्थात् दुई हजार ८४ सङ्क्रमित होमआइसोलेशनमा उपचाररत छन्। केन्द्रका अनुसार हालसम्म जिल्लाका १३३ कोरोना सङ्क्रमितको मृत्यु भएको छ।

प्रकाशित: Jun 01, 2021| 11:43 मंगलबार, जेठ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।