मंगलबार, भदौ ९, २०८३

६ हजार ८५ जना संक्रमित थपिए,  ६ हजार ८९८ संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा देशभर ६ हजार ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  मंगलबार, जेठ १८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १८, २०७८

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ६ हजार ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

१७ हजार १४७ जनाको पीसीआर विधि र ३ हजार १८ जनाको एन्टिजेन परीक्षण गर्दा ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको जनाएको छ। 

आज पनि नयाँ कोरोना संक्रमितभन्दा संक्रमणमुक्त हुने धेरै भएका छन्। पछिल्लो २४ घण्टामा ६ हजार ८९८ संक्रमित कोरोनामुक्त भएका छन्। हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ भने संक्रमणमुक्त हुनेको संख्या ४ लाख ५४ हजार ३४४ छ।

अहिले १ लाख ४ हजार ७८९ जना संक्रमित आइसोलेसनमा छन्। आज ६८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ७ हजार ४५४ पुगेको छ।
 

प्रकाशित: Jun 01, 2021| 11:27 मंगलबार, जेठ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।