काठमाडौं- चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको ८ लाख ५० हजार डोज खोप नेपाल आइपुगेको छ। बुधबार बिहान र दिउँसो गरी साढे ८ लाख डोज खोप नेपाल आइपुगेको हो।
खोप लिनका लागि नेपाल वायुसेवाको जहाज सोमबार राति ११ बजे चीन गएको थियो। चीनले दिएको १० लाख डोज खोपमध्ये ८ लाख ५० हजार डोज मंगलबार ल्याइएको हो। बाँकी खोपमध्ये ५० हजार डोज आजै आउने र १ लाख डोज खोप भोलि (बुधबार) आउने स्वास्थ्य सेवा विभाग खोप आपूर्ति शाखाले जनाएको छ।
गत २६ मे मा राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सी चिनफिङबीच भएको टेलिफोन वार्तामा चीनका राष्ट्रपति सी जिनपिङले नेपाललाई सहयोगस्वरूप १० लाख खोप उपलब्ध गराउने घोषणा गरेका थिए। सोही अन्तर्गतको ८ लाख ५० हजार डोज खोप ल्याइएको हो।
