मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निषेधादेशको समयमा झण्डै सात हजारले लिए श्रम स्वीकृति

निषेधादेशको समयमा झण्डै सात हजारले लिए श्रम स्वीकृति

काठमाडौं उपत्यकामा निषेधादेश जारी भएको एक महिनाको अवधिमा लगभग सात हजार जनाले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन्।
 |  मंगलबार, जेठ १८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १८, २०७८

काठमाडौं– काठमाडौं उपत्यकामा निषेधादेश जारी भएको एक महिनाको अवधिमा लगभग सात हजार जनाले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन्।

वैदेशिक रोजगार कार्यालय ताहाचलबाट गएको वैशाख १६ यता ६ हजार ८८८ जनालाई श्रम स्वीकृति प्रदान गरिएको वैदेशिक रोजगार कार्यालयले जनाएको छ। कोरोना महामारी रोकथामका लागि सरकारले गएको वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधादेश जारी गरेको थियो। २३ गते मध्य रातिदेखि अन्तर्राष्ट्रिय उडान पनि बन्द गरेको थियो।

श्रम कार्यालयले अहिले भौतिक रूपमा उपस्थित भएर प्रदान गर्ने अन्तिम श्रम स्वीकृति, नयाँ श्रम स्वीकृति लगायत सेवा बन्द गरेको छ। तर अनलाइनमार्फत प्रदान हुने पुनः श्रम स्वीकृति भने लिन सकिन्छ।

पछिल्लो समय वैदेशिक रोजगार कल्याणकारी कोषमा र बिमाबापत तिर्नुपर्ने रकम अनलाइनमार्फत नै तिर्ने व्यवस्था गरेपछि वैदेशिक रोजगार कार्यालयमा नगई अनलाइनमार्फत नै विदेशबाट पनि पुनः श्रम स्वीकृति लिन सकिने व्यवस्था भएको छ।

प्रकाशित: Jun 01, 2021| 09:59 मंगलबार, जेठ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।