मंगलबार, भदौ ९, २०८३

सरकार र थारु कल्याणकारिणी सभाबीच ६ बुँदे सहमति

सरकार र थारु कल्याणकारिणी सभाबीच ६ बुँदे सहमति भएको छ। 
 |  मंगलबार, जेठ १८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १८, २०७८

काठमाडौं– सरकार र थारु कल्याणकारिणी सभाबीच ६ बुँदे सहमति भएको छ। 

थरुहट–थारुवान आन्दोलनका क्रममा टीकापुरमा भएको घटनामा आरोपित धनीराम चौधरी, रेशमलाल चौधरी र लक्ष्मण चौधरीलगायतमाथि लगाइएको सम्पूर्ण मुद्दा फिर्ता र रिहाइका लागि संविधान र कानुनसम्मत पहल गर्ने सम्झौतामा उल्लेख छ।

आन्दोलनमा भएको क्षतिको मूल्यांकन गरेर क्षतिपूर्ति उपलब्ध गराउने, महिला र असहायमाथि दुर्व्यवहार गर्नेलाई छानबिन गरी कानुनी दायरामा ल्याउने सहमति भएको छ।

त्यस्तै संविधान बमोजिम थारु भाषिय बाहुल्य क्षेत्रमा प्राथमिक तहसम्मको शिक्षा मातृभाषामा पठनपाठनको व्यवस्था मिलाउने, कमैया, कमलरी संघर्ष समितिसँग विगतमा सरकारले गरेको सहमति कार्यान्वयन गर्ने लगायतका सहमति भएको छ। 

सरकारका तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री लिनानाथ श्रेष्ठसहित राजन भट्टराई र भगवती चौधरीले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् भने थारुवानका तर्फबाट रुक्मिणी चौधरी, प्रेमीलाल चौधरी, पद्मनारायाण चौधरी, प्रभात चौधरी र चन्द्रप्रसाद चौधरीले हस्ताक्षर गरेका छन्।

प्रकाशित: Jun 01, 2021| 09:41 मंगलबार, जेठ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।