काठमाडौं– गम्भीर स्वास्थ्य अवस्थाका बीच नेपाल मेडिसिटी अस्पतालमा उपचाररत विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापालाई भेन्टिलेटरबाट निकाल्न लागिएकाे उक्त पार्टीका नेताहरूले बताएका छन्। यद्यपि, अस्पतालले उनको अवस्थाबारे आधिकारिक जानकारी भने दिइसकेको छैन।
परिवारसँगको सल्लाहमा थप के गर्ने भन्ने डाक्टरहरुले छलफल गरिरहेको बताइएको छ।
कोरोना संक्रमणपछि उनको सुरुमा ह्याम्स र त्यसपछि ग्राण्डी अस्पतालमा उपचार भएको थियो। अवस्था थप गम्भीर बन्दै गएपछि मेडिसिटीमा लगिएको थियो।
